
एजेन्सी । बलिउड अभिनेत्री सोमी अली पुन: चर्चामा आएकी छन् ।
९० को दशकमा अभिनेता सलमान खान र सोमी एक-अर्कासँग प्रेम सम्बन्धमा थिए । अहिले सोमीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर चर्चामा आएकी हुन् । उनले यो पोस्टमा सलमान खानमाथि गम्भीर आरोप लगाएकी छन् । तर, सोमीले उक्त पोस्ट सामाजिक सञ्जालबाट हटाएकी छन् ।
सोमीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सलमानको फिल्म ‘मेने प्यार किया’ को पोस्टर सेयर गरेकी थिइन् । योसँगै उनले सलमान खानमाथि गम्भीर आरोप लगाएकी छन् । सोमीले पोस्टर सार्वजनिक गर्दै लेखेकी छन्, ‘महिलालाई कुटपिट गर्ने, मसँग मात्र नभई अन्य धेरै व्यक्तिहरूलाई पनि कुट्ने, यस्तो मान्छेको पूजा गर्न बन्द गर्नुहोस् । उनी मानसिक रोगी हुन्।’
सोमीको सामाजिक साञ्जालमा यस्तो पोस्ट आउने बित्तिकै भाइरल भएकाे थियो । सोमीले अहिले उक्त पोस्ट डिलिट गरेपनि चर्चाको विषय बनेको छ । सोमीले सलमानलाई निशाना बनाएको यो पहिलो पटक भने होइन ।
सोमी सलमानको प्रेममा परेकी थिइन् र उनीसँग विवाह गर्न भारत आएकी थिइन् । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न नसकेपछि ब्रेकअप भएकाे थियो ।
प्रतिक्रिया दिनुहोस्