१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री सोनम कपूरले जन्माइन छोराे


8.723k
Shares

एजेन्सी । भातीय अभिनेत्री सोनम कपूरले छोराे जन्माएकी छन् ।

शनिबार सोनम र उनका श्रीमान आनन्द आहुजा छोराेको आमा-बुबा बनेका हुन् । आनन्द आहुजाले शनिबार आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै जानकारी गराएका हुन् ।

पोस्टमा उनले लेखेका छन्, ‘अगस्ट २० मा, हामीले हाम्रो सुन्दर छोराेलाई झुकेको शिर र खुला हृदयले स्वागत गर्यौं। हामीलाई यो यात्रामा साथ दिनुहुने सबै डाक्टर, नर्स, परिवार र साथीहरूलाई धन्यवाद। यो त सुरुवात मात्र हो। अब हाम्रो जिन्दगी बद्लिएको छ ।’

आनन्दको उक्त पोस्टमा धेरैले कमेन्ट गर्दै याे जोडीलाई बधाई समेत दिइरहेका छन् । यो खबरले सम्पूर्ण कपूर परिवार र आहुजा परिवारमा खुशीको लहर छाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार रणवीर कपूरकी आमा अभिनेत्री नीतु कपूरले पनि सोनम कपूरको इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गर्दै अनिल कपूर र सुनिता कपूरलाई बधाई दिएकी छन्।