
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्ने शुभेच्छा प्रकट गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवास खुमलटारमा शिष्टाचार भेट गरी अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रिया सफलताको कामना गरेको हो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्वीजरल्यान्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष प्रचण्डलाई भेटी आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने बताएका हुन् ।
नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको उनीहरूले स्वीकारेको अध्यक्ष प्रचण्डको सचिवालयले निकालेको प्रेस नोटमा उल्लेख छ । सोही अवसरमा उनीहरूले गम्भीर मानवाधिकार उल्लंघनका घटना र पीडितको पुनरावेदनको अधिकारका बारेमा चासो राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्