
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथलाई हराउँदै आर्सनल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३–० ले हराउँदै आर्सनल शिर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाले एक गोल थपे ।
खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, ११ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ५४ औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।
जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लियो । समान खेलबाट ७ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहेको छ ।
शनिबार रातिको अर्काे खेलमा टोटनह्यामले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १–० ले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केनको गोल निर्णायाक रह्यो । उनले खेलको ६४ औं मिनेटमा गोल गरे ।
प्रिमियर लिगकै अन्य खेलहरुमा फुल्हमले ब्रेन्टफोर्डलाई ३–२ ले हराउँदा साउथह्याम्प्टनले लेस्टर सिटीलाई २–१ ले तथा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ । यस्तै, एभर्टन र नटीङ्घम फरेष्टले १–१ गोलको बराबरीमा चित्त बुझाए ।
प्रतिक्रिया दिनुहोस्