
काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा ३० घण्टासम्म चलेको होटल बन्धक प्रकरणको हिंसात्मक अन्त्य भएको छ।
हायात होटलमा शुक्रबार बलजफ्ती प्रवेश गरेका आतंकवादीहरुले होटलका सम्पूर्ण पाहुनाहरुलाई बन्धक बनाएका थिए । प्रहरीको जवाफी कारबाहीपछि स्थिति हिंसात्मक बनेको थियो । प्रहरीले शनिबार राति बन्धक प्रकरण अन्त्य भएको घोषणा गरेको हाे । प्रहरीले यो दौरान कम्तिमा १२ जनाको मृत्यु भएकाे पुष्टि गरेको छ ।
आतंकवादी समूह अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । अल–कायदाको सहयोगी, अल–शबाबले संघीय सरकारसँग लामो समयदेखि विद्रोह गरिरहेको छ । साेही समूहले अधिकांश जसो दक्षिणी र मध्य सोमालियालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्