
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेस गर्नु हुने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्नु हुने छ ।
प्रतिक्रिया दिनुहोस्