
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ ले हराउँदै रियलले लगातार दोस्रो जित निकालेको हो ।
रियलको जितमा करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले १–१ गोल गरे भने सेल्टाका इयागो आसपासले एक गोल फर्काए ।
खेलको १४ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा सेल्टाका इयागोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ४१ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियलको अग्रता २–१ को बनाए । ५६ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता ३–१ को बनाए । त्यसपछि ६६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।
जितसँगै २ खेलमा ६ अंक जोडेको रियाल मड्रिड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
ला लिगाका अन्य खेलहरुमा रियल बेटिसले रियल मयोर्कालाई २–१ ले हराउँदा ओसासुनाले काडिजमाथि २–० को जित निकाल्यो । सेभिया र रियाल भालाडोलिडले भने १–१ गोलको बराबरीमा चित्त बुझाए ।
प्रतिक्रिया दिनुहोस्