२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु


221
Shares

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ का १२ वर्षीय आयुष तिरुवा र १३ वर्षिय गौरव भुजेल भएकाे प्रहरीले जनाएकाे छ । नुहाउने क्रममा बेपत्ता भएको खबर पाए लगत्तै प्रहरी खोज तलासमा लागेको थियाे ।

खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।