
web pic
काठमाडौं । झापाको दमक नगरपालिका–४ चियाबगानमा शनिबार बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बा ९ च ९६७३ नम्बरको कारले पैदल हिंडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार सहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्