१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीका मिटरब्याजी साह पक्राउ


2.041k
Shares

काठमाडौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँलेहरूलाई चर्को ब्याजदरमा ऋण दिएर शोषण गरेको तथा ठगी जालसाजीको आरोपमा उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित उनको घरबाटै पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

उनले भंगहा नगरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म मिटर ब्याजमा ऋण दिने र विपन्न परिवारको उठिबास बनाएको गुनासो बढेपछि उनलाई पक्राउ गरिएको हो । ऋणको १२ गुणासम्मको तमसुक बनाउने, ब्याजमाथि ब्याज असुल गर्ने र सम्पति हड्पने गरेको गुनासो ऋणीहरूले गर्दै आएका छन् ।

ऋण दिएकै आधारमा महिलाहरूमाथि यौन शोषण समेत गर्ने गरेको आरोप पनि उनीमाथि लागेको छ ।