
एजेन्सी । दक्षिणा भारतीय अभिनेता विजय देवरकोंडा र भारतीय अभिनेत्री अनन्या पाण्डेको फिल्म ‘लाइगर’को यतिबेला बहिष्कार गर्न माग भइरहेको छ ।
विजय र अनन्याले फिल्मको प्रमोशनका क्रममा एक बयान दिएका थिए । उक्त बयान पश्चात फिल्म बहिष्कार गर्न माग भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय फिल्मलाई लिएर आजभोली एक चलन चलिरहेको छ, यो चलन फिल्म बहिष्कारको हो । यसअघि रिलिज भएका दुई ठूला फिल्म ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ बहिष्कार गर्न माग गरिएको थियो । यतिमात्रै नभएर रिलिज नभएका फिल्म बहिष्कार गर्न पनि माग गरिएको छ । जसमा ‘ब्रह्मास्त्र’, ‘विक्रम वेधा’ र ‘पठान’ जस्ता फिल्महरू पर्छन्। अब विजय र अनन्याको फिल्म ‘लाइगर’ पनि थपिएको छ । केही दर्शकले यो फिल्म बहिष्कार गर्न माग गरेका हुन् ।
विजय र अनन्या अहिले आफ्नो आगामी फिल्मको प्रमोशनमा व्यस्त छन् । यी दुईको अन्तर्वार्ताको भिडियो सार्वजनिक भएको छ । यसमा बहिष्कारको प्रवृत्तिको बारेमा कुरा गर्दै विजयले भने, ‘मलाई लाग्छ हामीले यसमा धेरै ध्यान दिइरहेका छौं । बहिष्कार गर्नेलाई गर्न दिनुहोस्। हामी फिल्म बनाउँछौं, दर्शकले हेर्न चाहन्छन् भने हेर्छन्, हलमा गएर हेर्न नचाहनेहरूले फोनमा टिभीमा हेर्छन्, हामी केही गर्न सक्दैनौं।’ यसैबीच अनन्याले हरेक दिन कुनै न कुनै बहिष्कार भइरहेको छ र बहिष्कारले कुनै असर नपर्ने बताएकी थिइन् ।
उनीहरूको यो भनाइपछि दर्शकको आक्रोश बढेको हो र दर्शकले फिल्मलाई बहिष्कार गर्न माग गर्न थालेका छन् । फिल्म बहिष्कारको माग पछि विजयले ट्विटरमा एक पोस्ट सेयर गरेका छन् । उनले लेखेका छन्, ‘यदि हामी सही छौं, यदि हामी आफ्नो धर्म गरिरहेका छौं भने, हामीले अरू कसैको कुरा सुन्नु पर्दैन। आउनुहोस लडौं।’
प्रतिक्रिया दिनुहोस्