
काठमाडाैं । नेपाली कांग्रेसले नेता प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले गिरीको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका हुन् । कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदाम्बेका अनुसार गिरीको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ ।
त्यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने उहाँले बताउनुभयो । समाजवादी चिन्तक एवं नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीरलाई आइतबार २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
उहाँको पार्थिक शरिरमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गर्नुभएको छ । त्यस अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थियो ।
यसअघि मेडिसिटी अस्पतालमा पनि पुगेर विभिन्न राजनीतिक दलका नेताहरुले उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । नेता गिरिको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्