५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


अनसनरत निहारिका राजपुतले १७ दिन लामो अनसन तोडिन्


338
Shares

काठमाडौं । अनसनरत निहारिका राजपुतले आफ्नो बच्चा र बलात्कार आरोपीको डीएनए परीक्षण गर्ने प्रशासनको प्रतिवद्धतासँगै निहारिका राजपुतले १७ दिन लामो अनसन तोडेकी हुन् ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द कोइरालाको रोहबरमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र निहारिका राजपुतले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

उनको माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमती भएको छ । त्यस्तै डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गरिने भएको छ ।

जिल्ला अदालत धनुषाले बलात्कारको आरोपमा श्रेष्ठलाई सफाई दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको छ । भदौ ८ गतेलाई पेशी तोकिएको छ । आरोपी श्रेष्ठलाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरेको छ ।