
काठमाडौं । पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न स्थानमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको उक्त सडकको म्याग्दी खण्ड अवरुद्ध भएको हो ।
गुइठे, जलथले, तितर, दाना र रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सडक विभाग र ठेकेदार कम्पनीबाट सडक खोल्ने प्रयास भइरहेको छ ।
शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्याधिक वर्षा भएका कारण पहिराे गएकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्