
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र फिल्मफेयरबीच वाक युद्ध सुरू भएको छ ।
अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने बताएकी थिइन्। कंगनाको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै अवार्डमा कंगनालाई कुनै पनि प्रस्तुती दिनका लागि नसोधेका फिल्मफेयरले दावी गरेको छ ।
कंगनाले मुद्दा हाल्ने बताएपछि फिल्मफेयरले आफ्ना भनाई सार्वजनिक गरेको छ । अवार्डको नियमअनुसार फिल्मफेयरका सम्पादकले कंगनालाई सर्वश्रेष्ठ अभिनेत्रीको नामांकन भएको भन्दै शोको निमन्त्रणा पठाउन उनको ठेगाना सोधेका थिए।
यति मात्र होइन, फिल्मफेयरले आफ्नो निमन्त्रणाको प्रतिलिपि पनि सामाजिक सञ्जालमा सेयर गरेको छ, जसमा कंगनालाई अवार्ड मनोनयनका लागि बधाई दिइएको छ। यससँगै अगस्त ३० मा हुने अवार्ड शो कार्यक्रममा आउन निमन्त्रणा पनि दिइएको छ ।
कंगनालाई उनको ठेगाना सोधिएको थियो ताकि उनलाई कार्यक्रमको लागि निमन्त्रणा पठाउन सकियोस्। फिल्मफेयरले कंगनालाई अवार्ड दिन वा कार्यक्रममा प्रस्तुति दिनको लागि अनुरोध नगरेको बताइएको छ ।
कंगनाको अभिव्यक्तिलाई ध्यानमा राख्दै कंगनाको मनोनयन रद्द भएको छ । फिल्मफेयरले कंगनाको गैरजिम्मेवारपूर्ण टिप्पणी पछि, कंगनाको थलाइवी फिल्मको लागि उनको नामांकन फिर्ता लिएको फिल्मफेयरले बताएको छ । यति मात्र नभई , कुनै कानुनी कारबाही भयो भने त्यसका लागि पनि तयार भएको जानकारी फिल्मफेयरले दिएको छ ।
फिल्मफेयरले नामांकन फिर्ता लिएपछि कंगनाले फिल्मफेयरलाई अदालतमा भेट्न भनेकी छन् । उनले आफू यति सजिलै चुप नबस्ने र फिल्मफेयरका बारेमा कानुनी कारवाहीमा जाने बताएकी छिन् ।।
प्रतिक्रिया दिनुहोस्