२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रतिनिधि सभा बैठकमा गिरीको निधनप्रति शोक प्रश्ताव पारित


39
Shares

काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रश्ताव पारित गरेको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित हुनुहुन्थ्यो भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलवार बिहान १० बजे बस्नेगरी बोलाइएको छ ।