२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भालुको आक्रमणबाट एक जना गम्भिर घाइते


143
Shares

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा भालुको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।

बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा ४० बर्षीय गोपाल भुजेल घाइते भएको कार्यबाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिनुभयो । अनुहार, ढाड, तिघ्रा लगायतको भागमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

मकै तथा निगालोको टुसा खानको लागि गाउँगाउँमा आउने भालुको आतङ्क बढेसगै बिद्यालय आउने बालबालिकाहरुलाई जोखिम बढेको कार्कीले बताउनुभयो । भालुको आक्रमणबाट वर्षेनि धेरै घाइते हुने गरेको र केहीको मृत्यू समेत भएको प्रहरीको तथ्याङ्क छ ।