
web pic
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा सोमबार राति सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्