२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बन्दकर्ताले काठमाडौंका विभिन्न ठाउँमा गरे सवारी साधनमा तोडफोड

'१८ जना नियन्त्रणमा'

2.873k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ ।

राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था बन्द रहेका छन् ।

कोटेश्वरमा मंगलबार बिहान महासागर यातायातको एउटा बसमा बन्दकर्ताले ढुंगा हानेका छन् भने महाराजगञ्ज भाटभटेनी अगाडि एउटा माइक्रो बस तोडफोड गरेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीका अनुसार नयाँ बानेश्वर थापा गाउँमा नेपाल यातायातको एउटा बसमा पनि तोडफोड गरिएको छ भने डिल्लीबजारको सफ्टवारिका कलेजमा पनि मोटरसाइकलमा आएको समूहले तोडफोड गरेको छ ।

उपत्यकामा बाक्लो मात्रामा प्रहरी खटाइएको छ भने बिहान विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिइएको छ ।