
फाइल तस्विर
काठमाडौं । निर्वाचनको तयारी तथा रणनीति बनाउन नेकपा (एमाले) को केन्द्रीय तहका बैठकहरु आज मंगलबार बस्दैछ ।
बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल गर्ने एक नेताले जानकारी दिनुभयो ।
मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो, १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आब्हान गरिसकेको छ ।
सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको विषयमा छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्