
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” योजनाका विजेतालाई कार उपहार प्रदान गरिएको छ ।
उपहार योजना नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सञ्चालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५ हजार नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २ / २ / २ महिना गरी ६ महिना सम्म बिधुत्तिय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।
सोही योजना अनुरुप यही भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर , महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
जम्सेद बिगत ६ बर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा विभन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्