
काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज बुधबार पनि बस्दैछ ।
मंगलबार साँझ बसेको बैठक टुंगोमा पुग्न नसके पछि बुधबार साँझ ५ फेरि बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन् ।
सिट गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् ।
मंगलबारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण उपस्थित हुनु भएन ।
भोलि बिहीबारसम्म सिट बाँडफाँडको विषयलाई टुंग्याउने मानसिकतासहित छलफल भइरहेको नेताहरुको भनाइ छ । नेताहरूबीच ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा २०७९ को स्थानीय निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भएपनि सिटको संख्याबारे भने सहमति हुन सकेको छैन ।
पाँच दलिय गठबन्धनमा सिट बाँडफाँटको संख्या र मोडालिटीबारे कांग्रेस एकातिर छ भने बाँकी चार दल अर्कोतिर छन् ।
प्रतिक्रिया दिनुहोस्