९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लोहोरुङ भाषाको पुस्तक ‘पाङ्लुम्’ विमोचित


0
Shares

काठमाडौं, भदौ २ । लोपोन्मुख लोहोरुङ भाषालाई संरक्षण गर्ने उद्देश्यले लोहोरुङ भाषाको पुस्तक प्रकाशन गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लोहोरुङ भाषाको पुस्तक ‘पाङ्लुम्’ विमोचन गरिएको हो ।

बोलीचालीकारुपमामात्र रहेको लोहोरुङ भाषालाई पुस्तकको माध्यमबाट लिपिबद्ध गरेर भाषा संरक्षणका निम्ति पुस्तक लेखिएको लेखक जयकुमार राईले बताए ।

कार्यक्रममा भाषा आयोगका सदस्य डा. लवदेव अवस्थी र डा. माधव पोखरेलले भाषाको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई सम्मानसमेत गरिएको थियो ।