१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिटौलालाई कोरोना संक्रमण


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्प अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

सत्ता गठबन्धनको चुनावी तालमेल तथा सिट बाँडफाँटको लागि गठन गरेको कार्यदलको संयोजक समेत रहनु भएका सिटौला हाल होम आइसोलेसनमा बस्नु भएको छ ।

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।