
–लाओस राई
मार्क्सले राज्य सत्ता बदल्न, वर्गहरुको संघर्ष जरुरी छ । धनी र गरिव बीचको भीषण संघर्षमा सर्बहारा वर्गको जित हुन्छ । सर्बहाराको अधिनायकत्वले स्थापना गर्न राज्य सत्ताले समानता दिन्छ । त्यो भनेको साम्यवाद हो । त्यसको लागि द्वन्द्ध अनिवार्य छ । द्वन्द्धको प्रयोग बिना क्रान्ति सफल हुँदैन भन्ने मान्यता निर्माणसंगै ति सैद्धान्तिक मान्यताले निर्माण गरेको संघर्षले युरोपेली मुलुक जर्मन, बेलायतमा र फ्रान्स जस्ता देशमा सामन्ती र पुंजीपतिहरुलाई उठिबास पारे । रुसलाई सोभियत संघ बनाए । संघर्ष अर्जेन्टिना, क्युबा, बोलिभिया हुँदै भियतनामसम्म पुगेको राजनीतिक इतिहासले देखाउँछ ।
वर्गीय आन्दोलनको परिवर्तित स्वरुपको बेग चीनमा माओवादको रुपमा रुपन्तरन भयो । स्मरण रहोस चीनमा तिनै माओवादीहरुले कोमिन्ताङ पार्टीको अस्तित्वनै समाप्त गरिदिए भने नेपाल वर्गीय आन्दोलन रोक्न असफल देखियो । जसले गर्दा दिर्घकालिन ‘जनयुद्ध’को नाममा १० वर्ष द्वन्द्ध चल्यो । यद्यपी, तत्कालीन माओवादी लक्ष्यमा पुग्न कठिन भएपछी आन्दोलनरत सात पार्टीको आन्दोलनमा घुलित हुन् पुग्यो । जसको नेतृत्व गिरिजा प्रसाद कोइरालाले गरेका थिए । जुन आन्दोलनसंग दरबार टिक्न नसकी संसदको पुनर्स्थापना भयो । तिनै स्थापित सदनलाई राजनीतिक अवसर बनाउँदै संविधान सभामार्फत राज संस्थाको अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादको संसारमा पुर्याउने सपना पनि देखाएर भने, ‘समाजबाद जिन्दाबाद !’
समाजबाद जिन्दाबाद- द्वन्द्धकालमा अर्काको दुष्मन नेपाली कांग्रेस र माओबादीले सिद्धान्तलाई रुपान्तर गर्दै लगे र भने, समाजबाद जिन्दाबाद !’ तर द्वन्द्ध र क्रान्तिबाट मात्र राज्य सत्ता परिवर्तन हुन्छ भन्ने उग्रबामपन्थहरु बिना क्रान्ति भएको परिवर्तन ‘रुपको लागि मात्र परिवर्तन हो’ र सार भने, त्यस्तो होइन भन्ने तर्क गर्न भ्याइरहेका छन । उनीहरु थप्छन, ‘त्यस्ता परिवर्तन त मुकुण्डो लगाएको लाखे जस्तै हो, त्यसले मान्छेलाई तर्साउन खोज्दछ ।’ त्यसैले केही बामपन्थीहरुले अवसर चुम् नपाएर धोका भन्दै आतंक फैलाउंदै छन् । किनकी मधेसबादी पार्टीहरुले संबिधान जलाएको घटना ताजै छ ।
युरोपदेखि सुरु भएको मार्क्सवादी क्रान्ति विभिन्न देशहरुमा भिन्न-भिन्न स्वरुपमा रुपान्तरित भएजस्तै नेपालमा पनि जातीय उत्पीडनको ‘बुई चड्दै’ माओवादी सत्तामा पुगे । माओवादीले युद्द सुरु गर्दा ‘पूँजीवाद मुर्दावाद’ भन्थे । ‘दलाल पूंजीवाद मुर्दावाद’, ‘नोकरशाही मुर्दावाद’, ‘सामान्तीवादी ब्यवस्था मुर्दावाद’, ‘बुर्जुवा (अनुदारवादी) मुर्दावाद’ भन्थे । तर छोटै समयमा पुरानै पूँजीवादी इकाइ र संरचनाहरुलाई ‘जिन्दावाद’ भन्न सुरु गरेपछी उनीहरु अब कम्युनिष्ट रहेनन् । उनीहरु पूंजीवादी चरम विकासपछी मात्र समाजवाद सम्भव छ भन्दै उग्र पुँजीवादी भएका छन् अहिले । पूंजीवाद, कम्युनिज्म र समाजवादको बारेमा वनस्र्टाइनको भनाइमा– ‘पूँजीवाद विकासको गति जति सोचिएको भन्दा ज्यादै सुस्तउनु भनेको आफैंमा प्रतिउत्पादक हुने खतरा हुन्छ । र पूँजीवादले ल्याउने दुई बिशेषता पनि अन्तरनिहित हुन्छ । पहिलो व्यक्तिगत स्वतन्त्रता, दोस्रो निजी सम्पत्ति । यी सिक्काको दुई पाटो जस्तै हुन । त्यसकारण यो कम्युनिज्म को ठिक उल्टो हो । एक अर्काको विरोधी बिचार हो ।’
जब सिंगो कम्युनिष्ट (तात्कालिन एमाले र माओवादी केन्द्र) पार्टीले लोकतान्त्रिक मार्गमा मोडिसकेपछी पूँजीवादको बिरोध गर्नुको कुनै तुक छैन । किनकी लोकतन्त्र भनेको जनताको सम्पूर्ण स्वतन्त्रतासंग गाँसिएको शासन प्रणाली भएको हुनाले व्यक्तिगत सम्पतिको रक्षादेखि पुँजीको भूमण्डलीकरणको स्वागत गर्दछ । त्यसकारण लोकतान्त्रिक समाजवाद कांग्रेस, नेकपा, मधेसवादी दललगायत दक्षिणपन्थी पुनारुथानवादी शक्ति(राप्रपा) ले एकमत भएर समाजवाद जिन्दावाद भनेका छन् । जसलाई वीपी कोइरालाले वि.स. २०१२ मा जिन्दावाद भनिसकेका थिए । लामो समयदेखि जनताले भनिरहेको समाजवादलाई ढिलै भएपनि सबै राजनीतिक पार्टीले एकै स्वरमा जिन्दाबाद भनेका छन् । त्यो ऐतिहासिक उपलब्धि हो ।
राष्ट्रवाद जिन्दावाद – राष्ट्रवाद भनेको देशको शासकले भन्ने गरेको एकत्ववाद, अधिभूतवाद र भावनामा जडसुत्रवाद पनि होइन यो त निश्चित भूगोल भित्र बसोबास गर्ने सबै जनताको सम्मानपूर्ण एकताले निर्माण हुने प्रेम, समर्पण र त्याग हो । जसका निम्ती जनता सहजै मर्न तयार हुन्छन् । तर जुन बेलादेखि उपनिवेशवाद प्रारम्भ भयो त्यस बेलादेखि राष्ट्रवादलाई विजयी(उपनिमेशवादी) शक्तिले आफ्नो अनुकुल अर्थ्याउन थालेको इतिहासले देखाउँछ ।
यसरी राष्ट्रवाद जस्तो महत्वपूर्ण र संबेदनशील कुरामा तर्क बाझिन थालेको हो भन्ने प्रष्ट हुन्छ । उदाहरणको लागि अफ्रिकालाई लिन सकिन्छ । त्यहाँ नेल्सन मन्डेलाले भन्ने राष्ट्रवाद र अंग्रेजहरुले भन्ने राष्ट्रवाद बिलकुल फरक देखिन्छ । हिन्दुस्तानमा सुबासचन्द्र बोस, भगत सिंह जस्ता सपुतले भन्ने गरेको राष्ट्रवाद र इस्ट इन्डिया कम्पनीले भनेको राष्ट्रवादमा कुनै छेउ टुप्पा देखिन्दैन । किनभने अंग्रेजले भन्ने गरेको राष्ट्रवादमा सम्पुर्ण हिन्दुस्तानीहरुको भावना समेट्नुको सट्टा दमन, अन्याय र अत्यचारको जघन्य प्रहार थियो । अफ्रिकामा पनि त्यस्तै अवस्था थियो । त्यसकारण उपनिवेशवादले राष्ट्रवादलाई निर्मम र जघन्य हमला गरिरहेको थियो । यसर्थ त्यस्तो राष्ट्रवाद त वास्तबिक रुपमा साम्राज्यवादी राष्ट्रवाद हो । उपनिमेशवादी युगको अन्त्य पनि २० औं शताब्दीमा अन्त्य भइसकेको हो तर त्यो यथार्थलाई लुकाउनु खोज्नु भनेको आधुनिक मानवलाई आदिम मानवले गर्न खोजेको निरर्थक हमला मात्र हो । त्यसको कुनै तुक देखिन्दैन ।
जहाँसम्म राष्ट्रवादको प्रसङ्ग आउँछ, त्यसको संरचना समाजवादी आन्दोलन जस्तै समानतासंग जोडिएको हुन्छ । जसको सम्बन्ध भूगोलका साथैसाथै जनताको समान परिचयसंग जोडियो भने मात्र राष्ट्रबाद बलियो हुँदै गएको पाउँछौं । जसको उदाहरणको रुपमा उपनिवेशपछी स्वतन्त्र भएका देशहरुलाई लिन सकिन्छ । अर्को कुरा त्यही राष्ट्रवादी धारणाको कारण नै औपनिवेशिक राजनीतिक अन्त्य भएको हो । जहाँसम्म राष्ट्रियता बिषयमा नेपालको चर्चा गर्ने हो भने पनि २४० वर्षको शाह वंशले देखाएको राष्ट्रवादी चेतना, राणा शासकहरुले भन्ने गरेको राष्ट्रवादी भनाई भन्दा २००७ पछी जागृत राष्ट्रवादी भावना फरक र लोकप्रिय देखिन्थ्यो ।
किनभने २००७ जुन राष्ट्रवादी भावनाको विकास भयो । त्यसमा जनताको देशप्रतिको प्रेम र समर्पण जस्ता पक्षको प्रतिबिम्बको सहभगिता थियो । तर २०४७ देखि २०६३ सालसम्म भनिने राष्ट्रवाद फराकिलो देखिएन । त्यसकारण त्यो समयमा बिकास भएको धारणाले सबै जनजाती, जाति, मधेसी–पहाडी बीचको सम्बन्धलाई जुन पारस्परिक रुपमा मजबुद पर्न पर्थ्यो त्यस्तो देखिएन । यद्यपी, २०६३ पछी बिकास भएको राष्ट्रवादी भावनाले सिंगो नेपालको कुना–कुना, जरा–जरामा राष्ट्रप्रतिको प्रेम र समर्पणलाई जगायो । २०७२ मा संविधान घोषणा भएपछि जनता सर्बभौम भए । जसले राष्ट्र, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय अस्मिता, जस्ता अतिनै महत्वपूर्ण पक्षलाई हरेक गाउँ बस्ती, समाज समूदायसम्म पुर्याउने काममा सहजता मिल्यो ।
एक प्रकारले २०६३ देखि २०७७ सालको अवधिलाई जागरणको कालभन्दा पनि हुन्छ । जुन समयको आडमा हरेक नेपाली जागृत भए । समाज र समुदाय जागृत भए । त्यो सिंगो देशको लागि सवल पक्ष हो । दुर्भाग्य कोरना भाइरसको महामारी झेलिरहेका देश माथि चीनले सगरमाथा र भारतले लिपूेकमा पुनः जबर्जस्त अतिक्रमण गरे । त्यसले छिमेकी मुलुकबीच सम्बन्ध बिग्रियो । दुई देशका नागरिक, वुद्धिजीवि, विश्लेषक बीच तल्लो स्तरको भनाभन समेत भयो । नयाँ राजनीतिक परिस्थितिको सृजना भयो । सरकाले अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटर नयाँ नक्सा पनि सार्बजनिक गरिसक्यो । यो नेपालको राजनीतिक इतिहासमा एतिहासिक काम मान्नु पर्दछ । जसलाई जनताको राष्ट्रवादी भावनाको कारण पार्टीहरु राष्ट्रवादी हुन बाध्य भएभन्दा उपयुक्त हुन्छ । अब गुमेको वा अतिक्रमित भएको नेपाली भूमि फिर्ता गराउन सक्नु र छिमेकी मुलुकहरुसँगको सम्बन्ध अझै सुमधुर राख्नसक्नु टडकारो आवश्यक्ता देखिएको छ । अतः मेचीकालीका जनताले भनेको राष्ट्रवाद जिन्दावाद, समाजवाद जिन्दावादको बुलन्द आवाजलाई जीवित राख्न अनिवार्य छ । त्यसैले- राष्ट्रवाद जिन्दावाद ! समाजवाद जिन्दावाद !(लेखक : राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेसका नेता हुन)
प्रतिक्रिया दिनुहोस्