२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकामा ३ सय बस्तुमा प्रतिबन्ध


1.066k
Shares

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३ सय भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक संकटका कारण महिनौंदेखि आवश्यक वस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक संकटका कारण सुरू भएको देशव्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षेलाई पदच्युत गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उहाँ सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिगापुर पुगेर राजीनामा घोषणा गर्नुभएको थियो । २ करोड २० लाख जनसंख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ ।

केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो । यद्यपि, श्रीलंकाको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ । सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋणको भारी तिर्न असफल भएको थियो ।