
काठमाडौं । अमेरिकाको टेक्ससमा आँधीका कारण सयौं हवाई उडानहरु रद्द भएका छन् ।
उडान रद्द भएपछि हजारौं यात्रु अलपत्र परेका छन् । अमेरिकको प्रमुख एयरलाइन्सहरू मध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरु प्रभावित हुँदा साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् । अमेरिकामा भारी वर्षासँगै तेज गतिमा चलेको हावा र आँधी आएको हो ।
आँधीका कारण सयौं मानिसहरु प्रभावित भएका छन् । अधिकांश घरका छानाहरु उडाउनुका साथै पार्किङमा राखिएका सवारीसाधनहरुमा क्षति पुगेको छ ।
भारी वर्षा जारी रहेकाले आँधी अझैै केही दिन रहने मौसमविदहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्