
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी–ट्वान्टी सिरिज निर्धारित तालिकामा नै हुने भएको छ ।
भिसा समस्याको कारण नेपालको पूर्ण टोली केन्या नपुग्दा पहिलो टी–ट्वान्टी निर्धारित तालिकामा हुने आशंका थियो । तर, नेपाल क्रिकेट संघ (क्यान) ले टी–ट्वान्टी सिरिजका खेलहरु निर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।
पाँच खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल भोलि हुने तालिका छ । नेपालका ५ खेलाडी भिसा समस्याका कारण केन्या जान पाएका थिएनन् ।
यद्दपी कप्तान सन्दीप लामिछाने सहितका ११ जना खेलाडी भने केन्या पुगिसकेका छन् । भिसा समस्याका कारण रोकिएका केही खेलाडी आज केन्या प्रस्थान गरिसकेको क्यानले जनाएको छ ।
नेपालले घरेलु टोली केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजपछि ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्