१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनको रेलवे स्टेशनमा रुसी रकेट आक्रमण हुँदा २२ को मृत्यु, ५० भन्दा बढी घाइते


104
Shares

काठमाडौं । रुसी सेनाले युक्रेनको रेलवे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

त्यस्तै, आक्रमणबाट ५० जना घाइते भएका हुन् । युक्रेनको स्वतन्त्रता दिवस र युक्रेनमाथि आक्रमणको ६ महिना पुगेको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट प्रहार गरेको छ ।

मृत्यु हुनेहरूमा ११ वर्षीय बालक समेत रहेको जनाइएको छ । पाँच जनाको घटनास्थलमै जलेर मृत्यु भएको र अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी रकेट प्रहारबाट रेलका पाँच वटा डिब्बामा आगो लागेको र हताहती हुनेको संख्या बढ्न सक्ने बताउनु भएको छ । आफूले राष्ट्रसंघीय सुरक्षा परिषद बैठकलाई सम्बोधन गर्ने तयारी गरिरहेको बेला रुसले रकेट हमला गरेको पनि बताउनुभएको छ ।

यता, युद्धका क्रममा निहत्था सर्वसाधारणलाई निशाना नबनाएको दावी गर्दै आएको रुसले यो आक्रमणकाे विषयमा पनि कुनै टिप्पणी गरेको छैन् ।