
Web Pic
काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा बुधबार साँझ ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश–०१–००२–त ४७७६ नम्बरको बालुवा बोकेको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार भने स्थानीय अस्पताल भइरहेको छ ।
ट्याक्टर अनियन्त्रित भईसडकबाट करिब १० मीटर तल खसेको थियो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्