
पाँचथर । पाँचथरमा ट्राफिक प्रहरी कार्यालयले गरेको कडाईका कारण ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा पर्न थालेका छन् ।
गत आर्थिक वर्ष ०७८/०७९ मा पाँचथरमा ३ हजार २ सय ७ वटा सवारी कारवाहीमा परेका छन् । जुन अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को तुलनामा ६ सय ४२ भन्दा बढी सवारीहरु कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कारवाहीको दायरमा सबैभन्दा बढी मोटरसाइकल, ट्रक, जिप र ट्याक्टर परेका छन् । ट्राफिक प्रहरी कार्यालयको सचेतनाले सवारी दुर्घटनामा भने कमी आएको जनाइएको छ ।
सवारी साधन कारवाहीमा परेसँगै राजस्व समेत वृद्धि भएको छ । अघिल्लो आ.व.०७७/०७८ मा १८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले गत आ.व.०७९/८० मा १९ लाख ५ हजार ५ सय रुपैयाँ रकम राजस्व संकलन गरेको छ ।
अघिल्लो आ.व.०७७/०७८ मा ४३ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने गत आ.व.०७९/८० मा भने ३८ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको पाँचथर ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिपक दुलालले जानकारी दिनुभयो ।
सवारी साधानको विलबुक, सवारी चालकको लाइसेन्स नबोक्ने, समयमा कागजात नवीकरण गर्ने सवारी साधनहरु बढि कारवाहीको दायरमा परेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्