
काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित हुनुभएको छ ।
उहाँको कार्यकाल सकिएपनि पदमा रही रहेको भन्दै परेको रिटमा सुनुवाई भएपछि थाइल्याण्डको उच्च अदालतले उहाँलाई निलम्बन गरेको हो ।
थाइल्याण्डको विपक्षी दलले उहाँको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गर्नुपर्ने भन्दै थाइल्याण्डको उच्च अदालतमा मुद्दा दायर गरिएको थियो । सोही बिषयलाई लिएर थाइल्यान्डको उच्च अदालतले उहाँलाई निलम्बन गरेको हो ।
उहाँविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका ५ जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि प्रधानमन्त्री हुनु भएको थियो । उहाँले निरंकुशता लादेको विपक्षीहरूले आरोप लगाएका छन् ।
ओ चान निलम्बनमा परेसँगै थाइल्याण्डका लागि भावी प्रधानमन्त्री चयनको ढोका खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्