१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतमा उपस्थित हुँदैं


754
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनुुहुनेछ ।

गत २२ अगष्टमा न्यायाधिशलाई धम्काएको आरोपमा अदालतले ३ दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरे अनुसार उहाँ बिहीबार अदालत उपस्थित हुन लाग्नु भएको हो ।

खानले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको भन्दै इस्लामावादको प्रहरी प्रमुख र एक महिला न्यायाधीशको निन्दा गर्नुभएको थियो । पाकिस्तानमा आतंकवादको आरोपमा कडा कारबाही हुने गरेको छ । यदि यस मामिलामा इमरान खान दोषी पाइए उहाँमाथि केही वर्षको जेल सजाय हुनसक्ने सम्भावना पनि रहेको छ ।

यसैबीच पाकिस्तानको अदालत बाहिर इमरान खानका हजारौँ समर्थकहरू अदालत परिसर पुगेका छन् ।