१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोग र किराको प्रकोपले जुनार उत्पादनमा कमी


52
Shares

सिन्धुली । सिन्धुलीको प्रमुख नगदे बाली सुन्तला जातको फल जुनारमा रोग र किराको प्रकोप बढ्दा उत्पादनमा कमी भएको छ ।

केही वर्ष यता सिन्धुलीमा जुनारको फलमा कुहिने रोग र किराहरुको संक्रमणले किसानले नोक्सानी बेहोर्नु परेको छ । पीडित जुनार किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रुपमा रोग किरा नियन्त्रण गर्ने अभियानमा लागे पनि प्रभावकारी हुन सकेको छैन ।

यसले नगदेवाली जुनारका बोट दिनदिनै मासिएर जान थालेका छन् । जुनार उत्पादनका लागि नेपालमै प्रख्यात मानिएको सिन्धुलीमा यसवर्ष करिव १७ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने लक्ष्य रहेको छ ।

विगतमा प्रत्येक वर्ष २९ देखि ३५ हजार मेट्रिक टनसम्म जुनार उत्पादन हुँदै आएको छ । सरकारले जुनार सुपरजोन कार्यक्रम संचालन गरेपनि विगतका वर्षहरुमा देखापरेको सिट्रस जातको रोगकिरा नियन्त्रण हुन सकेकोे छैन ।