१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालको टिक टक क्रान्तिमा सुगो जोडी


1.261k
Shares

बर्दिया । नेपालको टिक टक लाइभमा दैनिक १० लाख बढी भिवर्स उतार्न सफल सुगो जोडीले प्रतिभालाई प्रतिस्थापन गर्न टिकटकमा अभियानको थालनी गर्नुभएको छ ।

सुगो अर्थात सुन्दर थापामगर र गोबिन्द चापागाईं, सिद्धार्थ नगरपालिका १ भैरहवाका थापामगर र अमेरिकाको न्युजर्शिका चापागाईंले पछिल्लो समय सबैको लोकप्रिय सामाजिक संजाल टिक टकमा थारु भाषाको गित “दिन बने मोर रात बने” बोलको गीतमा उत्कृष्ट अभिनय गर्ने ५ जनालाई जनहि २१ हजारका दरले प्रोत्साहन सोरुप पुरुस्कार प्रदान गर्दै हुनुहुन्छ ।

पुरुस्कार यहि भाद्र ११ गते प्रदान गरिदै छ । गीतमा हालसम्म ३ हजार बढी टिकटक प्रेमीले अभिनय गरिसकेका छन् । उत्कृष्ट प्रस्तुति गर्नेहरु मध्येबाट गोला प्रथा मार्फत छनौट गरिने सुगो जोडीले जनाएको छ । बर्दियाका कलाकार आर के थारु र अन्नु चौधरीले गीतमा आवाज दिएका छन ।

अभियानमा सुगो जोडी बाहेक विभिन्न क्षेत्रका ब्याक्ति, रमेशकुमार अधिकारी ,सन्ध्या डोटेल, तुल कटुवाल,अमेरिकी नागरिक इटामोर लगायतको संलग्नता रहेको छ ।

यो सुरुबाती अभियान भएको र यसलाइ फराकिलो बनाउदै निकट भविष्यमा नेपालको सम्बन्धित निकायले स्वीकृत दिएमा र भारतको युनिभर्सिटीमा समेत समन्वय हुन सकेमा कक्षा १२ पास गरेर बसेका छात्र, छात्रा हरुलाई अनलाइन बाट बिआईटी पढ्न चाहेमा यो टिमले नि:शुल्क ४ बर्से कोर्स गराउने जनाएको छ ।

त्यसमा विद्यार्थीले ल्यापटप र वाइफाइको व्यवस्थापन गरे पुग्ने छ र अन्य केही कार्य गर्नु परेमा सम्बन्धित निकाय सङ्ग समन्वय गर्ने जनाइएको छ ।