२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


उच्च अदालतद्वारा इमरानखानलाई जरिवाना


741
Shares

काठमाडौं  ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको उच्च अदालतले १ लाख पाकिस्तानी रुपैयाँ जरिवाना सहित आगामी सेप्टेम्बर १ मा हाजिर हुन आदेश दिएको छ ।

इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनुुुभएका खानलाई पाकिस्तानी उच्च अदालतका न्यायाधिश राजा जबाद अब्बासले १ लाखसहित सेप्टेम्बर १ मा हाजिर हुन आदेश गरेका हुन् ।

अदालत जानु अघि खानका कानुन ब्यबसायीहरुले खानमाथि प्रहरीले बदला लिएको भन्दै अर्को मुद्दा दायर गरेका थिए । गत २२ अगष्टमा न्यायाधिशलाई धम्काएको आरोपमा अदालतले तीन दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश दिएको थियो ।

खान अदालतमा उपस्थित हुँदा समर्थकहरुले सरकारबिरुद्ध नारा लगाउनका साथै खानको समर्थनमा नाराबाजी गरेका थिए ।