२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निर्देशक तथा निर्माता सावन कुमारको निधन


663
Shares

एजेन्सी । भारतीय फिल्म निर्माता, निर्देशक तथा लेखक सावन कुमार टाकको ८६ वर्षको उमेरमा निधन भएको छ ।

सावनको अवस्था विगत केही दिनदेखि नाजुक थियो, जसका कारण उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान उनको अवस्था बिग्रिएपछि सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो, अपराह्न ४ः१५ मा हृदयघातका कारण उनको निधन भएको हो ।

सावन कुमारको आज अन्तिम संस्कार गरिनेछ । सावनका प्रवक्ता तथा भतिजा नवीन कुमारले भारतीय सञ्चार माध्यामलाई हृदयघात र मल्टिपल अर्गन फेल भएर मृत्यु भएको जानकारी दिए ।

उनी विगत दुई दिनदेखि धिरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए । उनलाई मृगौलासम्बन्धी रोग थियो । परिवारले उनलाई निमोनिया भएको भनेर भर्ना गरे पनि उनको मिर्गौलाले काम गर्न छाडेको थियो ।

सावन कुमारको निधनमा सलमान खानले शोक व्यक्त गरेका छन् । सावनले निर्देशन गरेको फिल्म ‘सनम बेवफा’ मा सलमानले काम गरेका थिए । सावन कुमारले ‘सौतन,’ ‘सौतन की बेटी,’ ‘सनम बेवफा’, ‘बेवफा से वफा’ जस्ता धेरै चलचित्र निर्देशन गरेका छन् ।

सावनले सन् १९६७ को फिल्म ‘नौनिहाल’ बाट निर्माताको रूपमा आफ्नो करियर सुरु गरेका थिए, जसमा सञ्जीव कपूर मुख्य भूमिकामा थिए । पहिलो चलचित्रले राष्ट्रिय पुरस्कार पाएको थियो ।