२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकता नपाएसम्म परिचयपत्र दिन ओलीकाे जाेड

ओलीले ल्याए नयाँ अवधारणा

4.277k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैबाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नागरिकता विधेयककाे विषयमा ६ बुँदे धारणा समेत अघि सार्नुभएकाे छ ।

नागरिकताताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो,- ‘यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्वन्धित समितिमा यस सम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनुपर्छ ।’

उहाँले आफ्नो प्रतिवेदनमा बैबाहिक अंगीकृत नागरिकको हकमा निश्चित समयपछि मात्रै नागरिकता दिनुपर्ने र त्यतिन्जेलका लागि परिचयपत्र दिनुपर्ने बताउनुभएकाे छ ।

एमाले अध्यक्ष ओलीले लैगिक समानता, आमाको आत्मसम्मान र आमाको नामबाट नागरिककता पाउने संवैधानिक प्रबन्धको कार्यान्वयन लगायतका प्रश्नमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका प्रश्नमा गम्भीर रुपमा छलफल गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।