१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरीद्वारा नक्कली मदिरा बरामद


1.586k
Shares

काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बिक्री गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ । चाँगुनारायणका बस्नेतसहित काठमाडौंको कोटेश्वरमा बस्दै आएका हरि ओली, मुलपानी बस्ने मनोज खत्री, काठमाडौ महाबौद्ध बस्ने विशाल खत्री र ठमेल बस्ने गोपीकृष्ण रहेका छन् ।

गिरोहले सक्कली मदिराको बोतलमा नक्कली रक्सी भरेर सिल गरि बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीले काठमाडौको विभिन्न स्थान र भक्तपुरको चागुनारायण नगरपालि स्थित गोदाममा छापा मारी सिल्ड प्याक अवस्थाम रहेक विभिन्न ब्राण्डका नक्कली मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । बरामद ती सामान सबै सिलप्याक अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतलसमेत ठूलो परिमाणमा बरामद भएको छ ।