१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तुमा एकजनाको गोली हानेर हत्या


2.223k
Shares

काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकजनाको गोली प्रहार गरी हतया गरिएको छ ।

सो गाउँपालिकाको वडा नं. ५ मद्रहवाका ५० वर्षीय का रामसमुझ पासीलाई अपरिचित दुई जनाले गोली प्रहार गरेर शुक्रबार दिउँसो हत्या गरेका हुन् ।

गोली प्रहारबाट गम्भीर घाइते पासीलाई उपचारका लागि सदरमुकाम तौलिहवा अस्पताल ल्याउँदै गर्दा दिउँसो ४ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ । नचिनेका व्यक्तिले उनलाई बोलाएर गाउँपालिकाको वडा ६ स्थित महादेवामा एक जनाको खाली घरको पछाडी पट्टी लगेर गोली हानेका प्रत्यक्षदर्शीको भनाई छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।