२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


निर्वाचनपछि वर्तमान गठबन्धनकै सरकार बन्छ: भिष्मराज आङदेम्बे


351
Shares

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले प्रदेश र संघको निर्वाचनपछि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले सदरमुकाम फिदिममा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनमा आवद्ध दलहरुबीच अहिले पनि सिटको भागबण्डाको विषयमा संवाद चलिरहेको र कांग्रेसले १ सय सिट लिने उहाँले दावी गर्नुभयो ।

त्यस्तै पाँचथरमा एउटा मात्रै संघीय निर्वाचन भएको हुँदा आफू संघीय निर्वाचनमै उम्मेदवारी दिने उहाँको भनाइ थियो । पटक-पटक सरकार परिवर्तन र मन्त्रीहरु फेरिरहँदा सरकारको दिगो विकास र लक्ष्य अनुरुपको काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको उहाँको तर्क छ ।

स्थायी सरकार बनेर नागरिकको काम गर्नको निम्ति पनि अहिलेको गठबन्धनको सरकारलाई निरन्तरता दिनुको विकल्प नरहेको उहाँले बताउनुभयाे ।

साेही कार्यक्रममा देशभर शुक्रबारबाट सुरु भएको जनतासँग नेपाली कांग्रेस अभियानको विषयमा केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवार, प्रदेश-१ कमिटी सदस्य उत्तम चौलागाई लगायतले जानकारी गराएका थिए ।