
काठमाडौं । गायक तथा संगीतकार सत्यराज आचार्यको नयाँ गीत ‘राजकुमार’ सार्वजनिक भएको छ । पदम लोहारको शब्द तथा सत्य र स्वरूपराज आचार्यको संगीत रहेको गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् ।
गीतको भिडियोमा सत्यराज, अभिनेत्री रीमा मिधुन मगर र सृजन भट्टराई फिचर्ड छन् । भिडियोको निर्देशन तोसित घतानीले गरेका छन् ।
रन्जन महतको छायांकन र निर्देशक तोसितकै सम्पादन रहेको भिडियोलाई सत्य–स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :
प्रतिक्रिया दिनुहोस्