२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


चरित्र हत्या गरेको आरोपमा करिश्माविरुद्ध उजुरी दिने निहारिकाकाे चेतावनी

करिश्मा र निहारिकाबीचकाे विवाद अहिले सामाजिक सञ्जालमा भाइरल

18.85k
Shares

काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेपछि करिश्माविरुद्ध उजुरी हाल्ने चेतावनी दिएकी छन् ।

निहारिकाले शुक्रबार करिश्माले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा समेत फिर्ता गरेकी हुन् । पैसा फिर्ता गर्ने क्रममा करिश्मा र निहारिकाबीच भएको विवाद अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ ।

पैसा फिर्ता गर्न निहारिका २ वर्षको छोरासहित करिश्मा तीज कार्यक्रममा गएको पार्टी प्लेसमा नै पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेकाे समयमा करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । उनले सोही रकम करिश्मालाई फिर्ता गरेकी थिइन्।

निहारिकाको आत्मदहनको प्रयासपछि करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो मानेकी थिइन् । उनले निहारिकाका निजी तस्बिरहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन् । आफ्नो अनुमतिबिना तस्बिरहरु सार्वजनिक गरेकोमा निहारिका करिश्माप्रति रुस्ट भएकी हुन् । आफ्नो गोपनियता उल्लंघन र चरित्र हत्या गरेको आरोपमा करिश्माविरुद्ध उजुरी समेत दिने उनले चेतावनी दिएकी छन् ।

निहारिकाले पैसा फिर्ता दिदा सुरुमा पैसा लिन आनाकानी गरेकी करिश्माले पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै उनले लिहारिकालाई अन्य कुरामा पनि सहयोग गरेको बताएकी थिइन् ।

उक्त घटना पश्चात करिश्माले सामाजिक सञ्जालमा शनिबार तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्,‘ बुढापाकाले संगत अनुसार फल भन्थे सही रहेछ । बचेर हिड्नु उपयुक्त हुन्छ, के थाहा फूल विषालु पनि हुनसक्छ ।’

अभिनेत्री करिश्माको यो स्टाटस निहारिकाप्रति लक्षित भएकाे देखिन्छ ।