५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कांग्रेसले १०० सिट नपाए गठबन्धन नगर्ने: नेता कोइराला


1.17k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसले १०० सिट पनि नपाए आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताउनु भएको हो ।

अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उहाँले सिट संख्या १०० बाट घटाउन नसकिने बताउनु भएको हो ।

कोइरालाले भन्नु भयो, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थितिले गर्दा मात्र गठबन्धनमा जानु परेको हो ।’