२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंका विभिन्न ठाउँमा डुबान

'विष्णुमती र बल्खु खोलामा जल सतह खतराको तहमा'

7.839k
Shares

काठमाडौं । शसनबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् भने नदीहरुमा बाढी आएको छ । वर्षा हुने क्रम अहिले पनि जारी रहेको छ ।

बाग्मती तथा विष्णुमती जलाधार क्षेत्रमा रातिदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खु खोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भईरहेको छ । विष्णुमती र बल्खु खोलामा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले बिहान ८ बजेसम्म सतर्कता अपनाउन भनेको छ ।

आज आइतबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । भारी वर्षाको सम्भावना क्षेत्रहरुमा बाढी पहिरोको जोखिम रहेकाले सचेत आग्रह गरिएको छ ।