१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लिभरपुलले गर्‍यो बर्नेमाउथको पोस्टमा गोलको वर्षा


65
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९–० ले हराएको हो ।

लिभरपुललाई विजयी गराउन लुइस डियाज र फर्मिनोले दुई/दुई गोल गर्दा अलेक्जेण्डर आर्नोल्ड, इलियोट, भान डाइक र कार्भालोले एक/एक गोल थपे ।

खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । छैटौं मिनेटमा इलियोटले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रता दिलाए । २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए । ३१ औं मिनेटमा फर्मिनोलेले गोल गर्दै टिमको अग्रता ४–० को बनाए । यस्तै, ४५ औं मिनेटमा डाइकले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ५–० को अग्रता दिलाए ।

यसैगरी, ४६ औं मिनेटमा क्रिसले आत्मघाती गोल गर्दा लिभरपुल ६–० ले अघि रह्यो । ६२ औं मिनेटमा फर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–० को अग्रता दिलाए । ८१ औं मिनेटमा कार्भालोले गोल गर्दै लिभरपुललाई ८–० को अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९–० को फराकिलो जित दिलाए ।

९–० को जितसँगै लिभरपुलले प्रिमियर लिगको इतिहासकै सर्वाधिक फराकिलो जितको किर्तीमान बराबरी गरेको छ ।

जितसँगै लिभरपुलको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित बर्नमाउथको ४ खेलबाट ३ अंक छ ।