२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नवराज लम्साललाई मदन पुरस्कार


1.391k
Shares

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ ।

मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । यी दुवै पुरस्कार आगामी दशैंको घटस्थापनाको भोलिपल्ट प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।