३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


आर्सनल शीर्ष स्थानमा उक्लियो


91
Shares

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे । फुल्हमका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए ।

खेलको ५६ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाएका थिए । तर, ६४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

जितसँगै ४ खेलबाट १२ अंक जोडेको आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित फुल्हम ५ अंक जोडेर ११औं स्थानमा छ ।