
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै शनिबार राति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।
बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश–०२–०१९–प २४७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवालको मृत्यु भएको हो ।
उनको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी बस्ने जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्