
काठमाडौं । अभिनेता अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् ।
अनमोलले फस्टलुक सार्वजनिक गर्दै ‘द म्याडनेस ह्याज जस्ट विगेन’ लेखेका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय रहेको छ ।
फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको चितवन र मुस्ताङमा हाल छायांकन कार्य भइरहेको छ ।
उनले सार्वजनिक गरेको फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकीरहेका छन् । लामो कपालमा अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्